Wednesday, May 11, 2022

पाटन दरबार क्षेत्रको अबलोकन


भिमराज क्याप्छाकी: केही समयको लागि मैले एक जना साथिलाई पर्खिनु पर्ने भयो जताततै भिड भाड भएकोले त्यहाँ बस्न उचित लागेन त्यसपछि म लगनखेल बसपार्क बाट भिड छिचोल्दै पैदल यात्रा गर्दै पाटन दरबार क्षेत्रमा पुगे । शिखर शैलिमा बनेको कृष्ण मन्दिर हेर्दा मेरो मन आनन्दित भयो । त्यसपछि साथिलाई त्यही पर्खिने निर्णय गरे । म त्यस ठाउँमा पुग्दा ११ बजेर ४७ मिनेट गएको  थीयो । घाम लागिरहेको, हल्का हावा चलिरहेको, केही परेवाहरु उडिरहेको, केटाकेटी खेलिरहेको, कोहीले फोटो खिचिरहेको, कोहीले भिडियो बनाईरहेको, कोहीले पर्यटकलाई गाइड गरिरहेको, केही मानिसहरु गफगाफमा मस्त भुलिरहेको, कोहि पुजा गरिरहेको दृश्य पाटन दरबार क्षेत्रमा देखिरहेको थीयो । सितलको खोजी गर्दै जादा एकजना वृद्ध बसिरहेको छेउ अथवा त्यस क्षेत्र भित्र रहेको धारा जाने नजिकै मैले बस्ने ठाउँ पाए । 
बिश्व सम्पदा सुचिमा परेको हुनाले त्यस क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटकहरुको भिड पनि राम्रै देखिएको थीयो । कलाले भरिपुर्ण पाटन दरबार क्षेत्रमा विभिन्न प्रकारको काठमा कुदिएको मुर्तिहरु मन्दिरहरुको ढोका, झ्याल, खम्बा तथा भित्तामा देख्न सकिन्छ । परम्परागत कालमा बनेको यो मन्दिर एकदमै पुरानो कलाहरुले भरिपुर्ण रहेको देख्न सकिन्छ । केही मानिसहरु काठमा कुदिएको मुर्तिहरुको फोटो खिच्ने र अबलोकन गर्ने गरिरहेका थीए । बसिरहेको ठाउँबाट धारा नियालेर हेर्दा धाराबाट सानो धमिलो कालो पानी आईरहेको देखे मनले मानेन त्यही नजिकै गएर हेरे पानीमा दुर्गन्ध आइरहेको थीयो । मैले त्यस धाराको केही तस्वीरहरु मोबाइलको क्यामरामा कैद गरे । त्यसपछी म पहिले बसेको ठाउँमा नै फर्के । करिब दुई घण्टा को बसाइमा केहि मानिसहरु धारा नजिकै गएर फोटो खिचेका थीए । केहि बिदेशी पर्यटकहरु त्यस धाराको बारेमा जान्न खोजिरहेको थीयो भने पथ प्रदशक गर्ने मानिस भने बुझाउन प्रयास गरिरहेको थीयो । धारा एकदमै फोहोर देखिएकोले थोरै मात्रामा त्यस ठाउँमा मानिसहरू गएको थीयो । 
पाटन दरबार क्षेत्र एक पर्यटकीय दृष्टिले हेर्ने हो भने एकदमै महत्त्वपूर्ण ठाउँ हो । त्यस ठाउँमा विभिन्न पुरानो शैलीहरुलाई  जगेर्ना गर्न सकियो भने पर्यटकहरुको आगमन राम्रो हुने देखिन्छ । त्यस क्षेत्रमा भएको धारालाई पुन: निर्माण गरि पुनः पानीलाई पहिलेको अवस्थामा ल्याउनको लागि छिटो भन्दा छिटो कदम चालेमा मात्र पुरानो धाराको अस्तित्व रहन सक्छ । नभए धारा नास भएर जाने देखिन्छ । हाम्रो सम्पदा नै हाम्रो परिचहान हो ।

Thursday, June 10, 2021

सम्मानित, माननीय, दाजु, अग्रज र अन्य

भिमराज क्याप्छाकी : हाम्रो संसार मा जताततै पाउन सक्छ बढी चै नेपालमा फुस्रे (सम्मानित,  माननीय, दाजु, अग्रज ) हरुको अगाडी बसेको अनुभव तपाईहरु सामु धेरै होला या नहुन नि सक्छ । उनिहरुको अगाडी कुरा काट्नको लागि ढुकुरे मुटुले काम गर्न सक्छ जस्तो लाग्दैन । मानौ, उनिहरु एउटा वक्ता जति कुरा गरे पनि जो कहिले थाक्दैन । उनिहरुको अगाडी सत्य कुरा गर्दा पनि तपाईको कुरा कहिल्यै मान्य हुने छैन हो मा हो जोड्ने विकल्प बाहेक अरु केही छैन । उनिहरु एउटा ज्ञानको भण्डार सोच्छ्न कि क्या हो सत्य कुरालाई पनि तोडमोड गरेर आफ्नै भाषामा भन्न लागि पर्छन । कुनै धुर्बसत्य कुरा छ भने पनि त्यो असत्य बनाउन पछि पर्दैनन् । त्यस्ता बुद्धिजीवी को अगाडि इन्द्रको त काम छैन भने तपाईको कसरी चल्छ भन्नुहोस् त ? 

भनिन्छ । "जुङ्गा चल्यो कुरा बुझ्यो", "आ गर्दा अलंकार बुझ्नु" जस्तै हुन्छ तपाई बोल्नुभयो भने एक सब्द  बोल्नुपर्छ त्यस्तो हैन यस्तो भनेर सुरु गरि हाल्छ्न । कुनै कुरा त सत्य नि बोल्छन् यो कुरालाई स्वीकार्न पर्छ तर बढी नानाथरी कुरा गरेर लम्बाइएको छ भने त्यो प्रती चै आपत्तिजनक हुन्छ । कहिले काहीं रक्सी खाएको मान्छेले बरु कुरा नकाट्ला फुस्रे हरुले त बोल्दै गर्दा बिचमा नै कुरा काटेर फेरि वक्ताको रुपमा प्रस्तुति सुरु गरि हाल्छ्न । आफुलाई चित्त बुझेको छ भने एमराज हाँस्दा ठुलो आवाज निस्किन्छ रे नि त्यसै गरि हाँस्दै कुरा गर्छन् । अनि उसको कुरा सुनेर  हैन उसको हँसाई देखेर चै हाँसो लाग्छ । अनि तपाई हाँसेकाे देखेर मेरो कुरा ठिक रहेछ भनेर अझ उग्र प्रस्तोताको रुपमा प्रस्तुत हुन्छन् ।  जे होस् उनिहरु आफ्नो बिचारमा चै ठिक होला तर सत्य कुरामा चै हैन । 

तपाई कुरा गर्नुहोस् "सुंगुरले स्वर्गको बयान गर्दा इन्द्रले सुनेर बसेको" जस्तो हुन्छ । मानौ गणितीय हिसाबमा फुस्रे चै इन्द्र हो । औपचारिक रुपमा हैन अनौपचारिक रुपमा देशमा धेरै वक्ताहरु छन् त्यसमा तपाईं ढुक्क हुनुहोस् ।  

Tuesday, June 1, 2021

थरीथरीका सोचाइ

भिमराज क्याप्छाकी:  बिरलै मान्छेहरु किशोर अवस्था मा प्रवेश गरेपछी विशेष  केटाले  केटिसाथी र केटिले केटासाथी चुन्ने गर्दछ्न । उनिहरुले चुन्ने क्रममा कसैलाई मने चाहियो रे , कसैलाई सेते चाहियो रे, कसैलाई श्यामसुन्दर चाहियो रे,  कसैलाई धने चाहियो रे, कसैलाई हरिकङ्गाल चाहियो रे, कसैलाई प्रतिभावान चाहियो रे अरे यार तिमिहरुले आफैले कुदेर बनाएको मुर्ति मा त पाउन गाह्रो छ अझै एक अर्कामा ? ठिक छ यो त सामान्यतयामा हुने गुणहरु हुन । 


कोहि कोहि जस्तो भए नि स्वीकार गर्छन् ता पनि मनमा अटुन्जेल जो कोहि आए पनि  तर कसरी व्यवस्थापन गर्न सक्छन् ?  यो जान्न मन लागेको कुरा अन्तर्गत पर्छ । कोहि चै एक थरिका मान्छेहरु हुन्छन् जो बनाउन छोड्दैन नयाँ पाएपछि पुरानोलाई भुलिदिने खालको हुन्छ । अर्को थरीका मान्छे हुन्छ आफू नयाँ नयाँ बनाउने सम्बन्धमा विस्वासघात गर्ने छोडेर गए टाउको ठोकाउने हात काटेर रगत निकाल्ने अनि पुरानो नै मेरो विस्वासीलो माया हो रे अब पुरानो राम्रो हो भने किन नयाँ सम्बन्ध गाँस्नु क्या अरु सँग  ? यसको कारण भनेको केही स्वार्थको लागि रे । मानिस एक चरीत्र अनेक भनेको यो सन्दर्भमा पनि मिल्छ जस्तो लाग्यो । 


कोहि कोहिले यस्तो सम्बन्ध राख्छ दुबै तर्फबाट राम्रो बुझाई छ रे तर उनिहरु नै नयाँ नयाँ बनाउछ्न । कस्तो धोखेबाज खालको बुझाई हो ? यो जान्न मन लागेको कुरा अन्तर्गत पर्दछ । 


मजाकको लागी मात्र  😁


Thursday, May 27, 2021

नेपालमा शिक्षाको अवस्था


भिमराज क्याप्छाकी:
शिक्षा मानब जिवनको एउटा अपरिहार्य तत्व हो । शिक्षा परम्परागत समयमा अनौपचारिक रुपमा भए पनि लिएको पाईन्छ । शिक्षा भन्नासाथ बिधालयमा पढेर लिईएको ज्ञान मात्र सम्झनु हुँदैन । शिक्षाको व्यापक अर्थलाई हेर्ने हो भने मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पुर्ण अनुभवलाई शिक्षा भनिन्छ । नेपालमा वैदिक शिक्षा, गुरुकुल शिक्षा, गुम्बा शिक्षा र मदरसा शिक्षा आदि जस्ता शिक्षाहरु पढाई हुन्थ्यो । नेपालमा वि.सं. १९१० पहिलो बिधालय दरबार हाइस्कुल को स्थापना भए पस्चात नेपालमा औपचारिक शिक्षा को सुरुवात भएको थियो । त्यस समयमा निस्चित दरवारका मानिसहरुले मात्र पढ्न पाउथे । नेपालमा वि.सं २००७ मा प्रजातन्त्र को स्थापना भए पस्चात औपचारिक शिक्षा पाउने बन्चितबाट मुक्त भए । नेपालमा शिक्षाको अवस्था वि.सं २००७ बाट वि.सं २०७८ सम्म मोटामोटी रुपमा हेर्दा शिक्षाको अवस्था उकालो लागेको छ । अहिले शिक्षाको अवस्थालाई हेर्ने हो भने त्यति प्रभावकारी शिक्षा नेपाल सरकार ले दिन सकेको छैन । 


शिक्षा क्षेत्रमा नेपाल सरकारले बढी बजेट बिनियोजन गरे पनि पुर्ण रुपमा गुणस्तरिय शिक्षा दिन सकेको छैन । बिधालयको भौतिक सम्रचना पनि त्यति प्रयाप्त मात्रामा छैन । कुनै कुनै बिधालयहरुमा बिद्यार्थीहरु चउरमा बसेर पढ्नु पर्ने, एउटै कक्षाकोठामा दुईओटा कक्षाका विद्यार्थी राखेर पढाउनु पर्ने , सौचालय को राम्रो ब्यवस्थापन नभएको, भवनहरुमा ढोका झ्यालहरु नभएको आदि जस्ता समस्याहरु रहेका छन। शिक्षा क्षेत्रमा निरन्तर मुल्यांकन पनि गरेको पाइदैन । विद्यार्थीहरुको सैद्धान्तिक परिक्षालाई मात्र आधार मानी मूल्याकंन गरेको पाईन्छ । नेपालको शिक्षा प्रणाली सैद्धान्तिक पक्षलाई बढी समेटेको छ । अहिले थोरै मात्रामा व्यावहारिक शिक्षालाई पनि जोड दिएको पाईन्छ । शिक्षा क्षेत्रमा दक्ष जनशक्ति चाहेको मात्रामा पुर्याउनु सकेको छैन । प्राय: ग्रामीण तथा दुरदराज क्षेत्रको बिधालयहरुमा शिक्षकको अभाव रहेको छ । त्यस क्षेत्रमा एउटै शिक्षक ले धेरै कक्षाहरु पढाउनुपर्ने, भएका शिक्षकहरु पनि निरन्तर बिधालय नआउने, जिल्ला शिक्षा अधिकारीहरु पनि निरन्तर बिधालय को लेखाजोखा नगर्ने जस्ता समस्याहरु रहेका छ्न । 


शिक्षालाई एउटा देश बिकास मेरुदण्डको रुपमा मानिन्छ  ।  गुणस्तरिय शिक्षा आजको अपरिहार्य रहेको छ । सर्बप्रथम सरकारले बिधालय सम्रचना, भवन, कक्षाकोठा व्यावस्थापन, सौचालय आदिको राम्रो प्रबन्ध गर्नु पर्दछ । शिक्षा क्षेत्रको दक्ष जनशक्ति खटाउन प्रती सम्बन्धित निकायको ध्यानाकर्षण होस । बिद्यार्थीहरुलाई निरन्तर मुल्यांकन प्रती जोड दिनु पर्दछ । शिक्षाको सैद्धान्तिक पक्षलाई कम र व्यावहारिक अथवा व्यावसायिक शिक्षालाई जोड दिनुपर्दछ । जिल्ला शिक्षा अधिकारीहरुले पनि बिधालय को निरन्तर निगरानी गरिनु पर्दछ । रास्ट्रीय स्तरमा प्रभावकारी व्यावसायिक शिक्षालाई बढी जोड दिनु पर्दछ । शिक्षाको क्षेत्रलाई अघि बढाउन सकेमा मात्र  देश बिकास गर्न सकिन्छ । 

पाटन दरबार क्षेत्रको अबलोकन

भिमराज क्याप्छाकी: केही समयको लागि मैले एक जना साथिलाई पर्खिनु पर्ने भयो जताततै भिड भाड भएकोले त्यहाँ बस्न उचित लागेन त्यसपछि म लगनखेल बसपा...