Wednesday, May 11, 2022

पाटन दरबार क्षेत्रको अबलोकन


भिमराज क्याप्छाकी: केही समयको लागि मैले एक जना साथिलाई पर्खिनु पर्ने भयो जताततै भिड भाड भएकोले त्यहाँ बस्न उचित लागेन त्यसपछि म लगनखेल बसपार्क बाट भिड छिचोल्दै पैदल यात्रा गर्दै पाटन दरबार क्षेत्रमा पुगे । शिखर शैलिमा बनेको कृष्ण मन्दिर हेर्दा मेरो मन आनन्दित भयो । त्यसपछि साथिलाई त्यही पर्खिने निर्णय गरे । म त्यस ठाउँमा पुग्दा ११ बजेर ४७ मिनेट गएको  थीयो । घाम लागिरहेको, हल्का हावा चलिरहेको, केही परेवाहरु उडिरहेको, केटाकेटी खेलिरहेको, कोहीले फोटो खिचिरहेको, कोहीले भिडियो बनाईरहेको, कोहीले पर्यटकलाई गाइड गरिरहेको, केही मानिसहरु गफगाफमा मस्त भुलिरहेको, कोहि पुजा गरिरहेको दृश्य पाटन दरबार क्षेत्रमा देखिरहेको थीयो । सितलको खोजी गर्दै जादा एकजना वृद्ध बसिरहेको छेउ अथवा त्यस क्षेत्र भित्र रहेको धारा जाने नजिकै मैले बस्ने ठाउँ पाए । 
बिश्व सम्पदा सुचिमा परेको हुनाले त्यस क्षेत्रमा आन्तरिक तथा बाहृय पर्यटकहरुको भिड पनि राम्रै देखिएको थीयो । कलाले भरिपुर्ण पाटन दरबार क्षेत्रमा विभिन्न प्रकारको काठमा कुदिएको मुर्तिहरु मन्दिरहरुको ढोका, झ्याल, खम्बा तथा भित्तामा देख्न सकिन्छ । परम्परागत कालमा बनेको यो मन्दिर एकदमै पुरानो कलाहरुले भरिपुर्ण रहेको देख्न सकिन्छ । केही मानिसहरु काठमा कुदिएको मुर्तिहरुको फोटो खिच्ने र अबलोकन गर्ने गरिरहेका थीए । बसिरहेको ठाउँबाट धारा नियालेर हेर्दा धाराबाट सानो धमिलो कालो पानी आईरहेको देखे मनले मानेन त्यही नजिकै गएर हेरे पानीमा दुर्गन्ध आइरहेको थीयो । मैले त्यस धाराको केही तस्वीरहरु मोबाइलको क्यामरामा कैद गरे । त्यसपछी म पहिले बसेको ठाउँमा नै फर्के । करिब दुई घण्टा को बसाइमा केहि मानिसहरु धारा नजिकै गएर फोटो खिचेका थीए । केहि बिदेशी पर्यटकहरु त्यस धाराको बारेमा जान्न खोजिरहेको थीयो भने पथ प्रदशक गर्ने मानिस भने बुझाउन प्रयास गरिरहेको थीयो । धारा एकदमै फोहोर देखिएकोले थोरै मात्रामा त्यस ठाउँमा मानिसहरू गएको थीयो । 
पाटन दरबार क्षेत्र एक पर्यटकीय दृष्टिले हेर्ने हो भने एकदमै महत्त्वपूर्ण ठाउँ हो । त्यस ठाउँमा विभिन्न पुरानो शैलीहरुलाई  जगेर्ना गर्न सकियो भने पर्यटकहरुको आगमन राम्रो हुने देखिन्छ । त्यस क्षेत्रमा भएको धारालाई पुन: निर्माण गरि पुनः पानीलाई पहिलेको अवस्थामा ल्याउनको लागि छिटो भन्दा छिटो कदम चालेमा मात्र पुरानो धाराको अस्तित्व रहन सक्छ । नभए धारा नास भएर जाने देखिन्छ । हाम्रो सम्पदा नै हाम्रो परिचहान हो ।

No comments:

Post a Comment

पाटन दरबार क्षेत्रको अबलोकन

भिमराज क्याप्छाकी: केही समयको लागि मैले एक जना साथिलाई पर्खिनु पर्ने भयो जताततै भिड भाड भएकोले त्यहाँ बस्न उचित लागेन त्यसपछि म लगनखेल बसपा...