भिमराज क्याप्छाकी : हाम्रो संसार मा जताततै पाउन सक्छ बढी चै नेपालमा फुस्रे (सम्मानित, माननीय, दाजु, अग्रज ) हरुको अगाडी बसेको अनुभव तपाईहरु सामु धेरै होला या नहुन नि सक्छ । उनिहरुको अगाडी कुरा काट्नको लागि ढुकुरे मुटुले काम गर्न सक्छ जस्तो लाग्दैन । मानौ, उनिहरु एउटा वक्ता जति कुरा गरे पनि जो कहिले थाक्दैन । उनिहरुको अगाडी सत्य कुरा गर्दा पनि तपाईको कुरा कहिल्यै मान्य हुने छैन हो मा हो जोड्ने विकल्प बाहेक अरु केही छैन । उनिहरु एउटा ज्ञानको भण्डार सोच्छ्न कि क्या हो सत्य कुरालाई पनि तोडमोड गरेर आफ्नै भाषामा भन्न लागि पर्छन । कुनै धुर्बसत्य कुरा छ भने पनि त्यो असत्य बनाउन पछि पर्दैनन् । त्यस्ता बुद्धिजीवी को अगाडि इन्द्रको त काम छैन भने तपाईको कसरी चल्छ भन्नुहोस् त ?
भनिन्छ । "जुङ्गा चल्यो कुरा बुझ्यो", "आ गर्दा अलंकार बुझ्नु" जस्तै हुन्छ तपाई बोल्नुभयो भने एक सब्द बोल्नुपर्छ त्यस्तो हैन यस्तो भनेर सुरु गरि हाल्छ्न । कुनै कुरा त सत्य नि बोल्छन् यो कुरालाई स्वीकार्न पर्छ तर बढी नानाथरी कुरा गरेर लम्बाइएको छ भने त्यो प्रती चै आपत्तिजनक हुन्छ । कहिले काहीं रक्सी खाएको मान्छेले बरु कुरा नकाट्ला फुस्रे हरुले त बोल्दै गर्दा बिचमा नै कुरा काटेर फेरि वक्ताको रुपमा प्रस्तुति सुरु गरि हाल्छ्न । आफुलाई चित्त बुझेको छ भने एमराज हाँस्दा ठुलो आवाज निस्किन्छ रे नि त्यसै गरि हाँस्दै कुरा गर्छन् । अनि उसको कुरा सुनेर हैन उसको हँसाई देखेर चै हाँसो लाग्छ । अनि तपाई हाँसेकाे देखेर मेरो कुरा ठिक रहेछ भनेर अझ उग्र प्रस्तोताको रुपमा प्रस्तुत हुन्छन् । जे होस् उनिहरु आफ्नो बिचारमा चै ठिक होला तर सत्य कुरामा चै हैन ।
तपाई कुरा गर्नुहोस् "सुंगुरले स्वर्गको बयान गर्दा इन्द्रले सुनेर बसेको" जस्तो हुन्छ । मानौ गणितीय हिसाबमा फुस्रे चै इन्द्र हो । औपचारिक रुपमा हैन अनौपचारिक रुपमा देशमा धेरै वक्ताहरु छन् त्यसमा तपाईं ढुक्क हुनुहोस् ।

No comments:
Post a Comment